बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डसँग अस्ट्रेलिया पराजित

दैनिक नेपाल २०७७ भदौ २९ गते ७:१५

लण्डन, २९ भदाै । दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले अस्ट्रेलियालाई २४ रनले हराएको छ ।

म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६, जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

इङ्ल्याण्ड दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्र बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७३ रन बनाए पनि जिताउन भने सकेनन् । त्यस्तै मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए ।

इङ्ल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३/३ विकेट लिए । आदील राशिदले एक विकेट लिएका थिए । योसँगै तीन खेलको सिरिज १/१ को बराबरी भएको छ । सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित