
काठमाडौँ, २८ भदौ । एकै दिनमा काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौँका ३ जना र सिन्धुपाल्चोकका एक जना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौँका ५९, ६४ र ७० वर्षीय पुरुष संक्रमितहरुको मृत्यु भएको हो । त्यस्तै, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मधुमेहका समेत रोगी काठमाडौँका ५९ वर्षीय पुरुषको गए राति सवा ११ बजे मृत्यु भएको हो ।
त्यस्तै किड्नी फेल भएको काठमाडौँकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको हो भने ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो ।
सिन्धुपाल्चोकका पुरुषको भने शनिबार नै मृत्यु भएको थियो ।
मृतकहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया