११ कार्तिक २०८३, बुधबार

जेसीसको सम्मेलन बिद्युतीय प्रविधिबाट सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदाै । नेपाल जेसीजको इतिहासमा पहिलो पटक बिद्युतीय प्रविधिको माध्यमबाट क्षेत्र ‘घ’को क्षेत्रीय सम्मेलन संचालन भएको छ ।

कोरोनाले गर्दा अफ्ठ्यारो परिरहेको अबस्थामा भैरहेको सम्मेलनमा कार्यकारी उपाध्यक्ष शोभा खरेलको अध्यक्षतामा भएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा भएको थियो ।

नेपाल जेसीजका २०२० का डाईनामिक लिडर अध्यक्ष सिनेटर अशोक शंकरको उपस्थितिमा सम्पन्न भएको छ ।

अशोक शंकरले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै कोभिड–१९ बाट निरास भएको समाजलाई उठाउने जिम्मेवारी जेसीज आबद्ध युवाहरूको काधमा भएको बताए । उनले सकारात्मक भइ बुद्धत्वको बाटोमा हिँड्न आग्रह गरेका छन् ।

नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले परिवार, साथी र भविस्य शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा.बिन्दा पान्डे र लुम्बिनी बिकास कोषको उपाध्यक्ष अबदेशकुमार त्रिपाठीले पनि आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा शनिबार विविध विषयमा छलफल गर्दै सम्पन्न गरिएको कार्यक्रमकी अध्यक्ष एवम् निरुपित कार्यकारी उपाध्यक्ष शोभा खरेलले बताइन् ।