७ कार्तिक २०८३, शनिबार

कलङ्कीबाट दुर्लभ कछुवासहित पाँच जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २७ भदौ । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्।

विशेष सूचनाको आधारमा काठमाडौँ महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

ण्गएराती चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौँ ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो। सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार कछुवा रु ३५ लाखमा बिक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनीहरुको साथमा फेला परेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ। उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ। –रासस