७ कार्तिक २०८३, शनिबार

आईसीयूमा १६० र भेन्टिलेटरमा २४ जना कोरोना संक्रमित उपचाररत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ५३ हजार १

सय २० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३७ हजार ५ सय २४ जना निको भइसकेका छन् भने अन्य उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये हाल १ सय ६० जना आईसीयूमा र २४ जनामा भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा ५, प्रदेश २ मा ९, वागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ कोरोना संक्रमितको आईसीयूमा रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार वागमती प्रदेशमा १०९ र प्रदेश ५ मा २ र सुदूरपश्चिम प्रदेशमा १ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म देशभर ३ सय ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।