
काठमाडौँ, २७ भदौ । नेपालमा थप ८ सय ५२ जनाले कोरोना जितेका छन् ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जना उपचारपछि निको भएका छन् ।
योसहित निको हुनेको संख्या ३७ हजार ५ सय ६४ नाघेको छ ।
शनिबार थप १ हजार २ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ ।
हाल देशभर १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय ३६ जना पुगेको छ ।















प्रतिक्रिया