१ कार्तिक २०८३, शनिबार

बालबालिकालाई ‘डिजिटल दुर्व्यसनी’मा फस्न नदिऔं : मन्त्री गुरुङ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिकाहरु ‘डिजिटल दुर्व्यसनी’मा फस्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

इन्टरनेटको दुरुपयोगबाट बालबालिकाले गलत बाटो अपनाउन सक्ने भन्दै मन्त्री गुरुङ सबैले आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने बेला आएको बताएका हुन् । अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उनले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दुर्व्यसनी’मा फस्न सक्ने सम्भावना औंल्याएका हुन् ।

यस्तो सम्भावनालाई लक्षित गरी सरकारले आवश्यक ऐन, कानून र निर्देशिका बनाउने पनि उनले बताएका छन् ।

५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले कोभिड–१९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिकसत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुनेमा पनि मन्त्री गुरुङले स्पष्ट पारेका छन् ।