७ कार्तिक २०८३, शनिबार

बाँकेमा थप ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे १४ सय पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । बाँकेमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै बाँकेमा कुल सङ्क्रमितको संख्या १ हजार ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका सङ्क्रमित १२ महिला र २८ पुरुष छन् । उनीहरुको भेरी अस्पतालमा गरिएको परीक्षणमा ३५ जनामा र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ५ जनामा सङ्क्रमण देखिएको हो ।

हालसम्म बाँकेमा ९ सय ८५ जनाले कोरोना जितेका छन् भने हाल ४ सय ११ जना उपचाररत छन् । जिल्लामा कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ ।