७ कार्तिक २०८३, शनिबार

चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर २ सैनिकको मृत्यु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २७ भदौ । चितवनमा २ जना सैनिकको मृत्यु भएको छ ।

शनिबार रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर कालिका नगरपालिकाको वडा नं. ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् २ जना सैनिकको मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा सुवेदार र जवानको मृत्यु भएको हो ।

रुखले विद्युतीय तारलाई छोएपछि हाँगा काट्ने प्रयास गर्दा सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा भएको प्रहरीले जनाएको छ ।