१ कार्तिक २०८३, शनिबार

बाँकेमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २७ भदौ । शनिबार बाँकेमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको हो । जसमध्ये १२ जना महिला र २८ जना पुरूष छन् ।

शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी समेत छन् । योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४०४ जना पुगेको छ । त्यसमध्ये ४१४ जना सक्रिय संक्रमित छन् ।