बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

उत्तर कोरियाले दियो चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

दैनिक नेपाल २०७७ भदौ २७ गते १३:४१

उत्तर कोरिया, २७ भदौ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै उत्तर कोरियाले चीनबाट आउने जोकोहीलाई गोली हान्नेसम्मको निर्देशन दिएको छ ।

चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरिएको हो । अन्तर्राष्ट्रिय न्यूज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको बताइएको छ ।

स्वास्थ प्रणाली खासै सुुदृृढ नभए पनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो ।

गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो । बाध्यकारी रुपमा सीमा बन्द गर्दा कालोबजारी मौलाएपछि हस्तक्षेप गर्न अधिकारीहरु अघि सरेका हुन् ।

एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुले कारण नसोधी गोली हान्न सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित