
काठमाडौं, २७ भदौ । काठमाडौंको तीनकुनेमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१००३ क ४५६३ नम्बर टिपरले ठक्कर दिँदा बा २९ प १४७९ नम्बरको मोटरसाइकलमा सवार भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
गौतमलाई गएराति पौने १० बजे टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएको उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया