६ मंसिर २०८३, आइतबार

रोल्पामा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २७ भदाै । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. १ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएकाे छ ।

शुक्रबार घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ । मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले बताए ।