मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

स्वेरेभ पहिलो पटक ग्राण्ड सलामको फाइनल प्रवेश

दैनिक नेपाल २०७७ भदौ २७ गते ८:५३

लण्डन, २७ भदाै । जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभ पहिलो पटक ग्राण्ड सलामको फाइनलमा पुगेका छन् ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्पेनका पाब्लो कारेनो बुस्तालाई पराजित गरेर स्वेरेभ युएस ओपन टेनिसको फाइनलमा पुगेका हुन् ।

सुरुका दुई सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछि शानदार पुनरागमन गरी नतिजा आफ्नो पक्षमा पारेका हुन्। पाँचौँ बरियताका स्वेरेभ २० औँ बरिताका बुस्तासँग पहिलो दुई सेटमा ३–६ र २–६ ले पराजित परेका थिए । त्यसपछि उनी खेलमा फर्किए ।

स्वेरेभले समग्रमा ३–६, २–६, ६–३, ६–४ र ६–३ को सेटमा जित निकालेका हुन् । स्वेरेभले उपाधिका लागि आइतबार डोमिनिक थिएम वा डानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् ।

दोस्रो बरियताका अस्ट्रियन थिएमले तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित