६ मंसिर २०८३, आइतबार

बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक जनाकाे कोरोनाबाट मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ भदाै । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाकाे कोरोनाभाइरसकाे संक्रमणबाट मृत्यु भएको छ ।

रुपन्देहीकाे ओमसतिया-५ का ४० वर्षीय पुरुषको शुक्रबार मध्य राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकाे थियाे ।

भदाै २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. थापाले बताए । मृतक मधुमेहका बिरामी थिए ।