७ कार्तिक २०८३, शनिबार

भक्तपुरमा एकै परिवारका ३ जनाको हत्या, प्रहरीले थाल्यो अनुसन्धान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सांकेतिक तस्वीर

काठमाडौँ, २६ भदौ । भक्तपुरमा एकै परिवारका ३ जना आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

मध्यपुर थिमी नगरपालिका १ निकोसेरामा सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्त मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरुको कुकुर पनि मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि घटनबारे विस्तृत विवरण आइनसकेको बताइएको छ ।