
काठमाडौँ, २६ भदौ । प्रदेश २ मा शुक्रबार थप ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमा सिरहा कारागारका १९ जना र लहान नगरपालिकाका ३ जना गरी २२ जना रहेका छन् ।
त्यस्तै, बाराका एक जना, पर्सामा एक जनार सर्लाहीमा ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै, रौतहटमा ६ र सप्तरीमा १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप २२ जना निको भएका छन् भने थप एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ ।
प्रदेशमा हालसम्म ११ हजार ७ सय १३ जना कुल संक्रमितमध्ये ६ हजार २ सय ६९ जना निको भइसकेका छन् भने १ सय ८ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया