
काठमाडौँ, २६ भदौ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ ।
पार्टीको आन्तरिक विवादका कारण स्थगित स्थायी कमिटी बैठक शुक्रबार पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गर्दै सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
त्यस्तै, बैठकले दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्य विभाजन पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार नेकपाको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने मिति तोकिएको हो । महाधिवेशनबारे गृहकार्य गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन र अध्यक्ष प्रचण्डलाई पार्टी काममा केन्द्रीत हुने कार्य विभाजन गरेको छ ।
त्यस्तै, नेकपाले एमीसीलाई आवश्यकताअनुसार परिमार्जन गरेर मात्रै पारित गर्ने निर्णय गरेको छ ।
बैठक दुई अध्यक्षहरुले मन्तव्य राख्दै सकिएको थियो ।















प्रतिक्रिया