७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ६२० सहित उपत्यकामा थप ६९६ मा कोरोना, हालसम्मकै उच्च संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । काठमाडौँ उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय २०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ गरी उपत्यकामा ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा यो हालसम्मकै उच्च संक्रमण हो ।

यससँगै काठमाडौँमा ८ हजार १ सय ६ जना संक्रमित पुगे भने ललितपुरमा एक हजार ५४ र भक्तपुरमा ८ सय ५२ मा संक्रमण देखिएको छ ।
उपत्यकामा बिहीबार ५ सय ७२ जनामा संक्रमण देखिएको थियो ।

देशभर शुक्रबार थप १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय २२ जनाको मृत्यु भइसकेको छ ।