बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोलिङ प्लान्सले शुरु गर्यो ‘रोलिङ नेक्सस डटकम’

बेरोजगार जनशक्तिलाई अवसर खोज्ने नयाँ प्लाटफर्म भएको कम्पनीको दाबी

दैनिक नेपाल २०७७ भदौ २६ गते १६:१२

काठमाडौं, २६ भदौ । रोलिङ प्लान्स प्रालिले आफ्नो १६औं वार्षिकोत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

बिहीबार भर्चुअल माध्यमबाट कम्पनीले नयाँ उद्देश्य र योजनासहितको डिजिटल प्ल्याटर्फम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा लिएको रोलिङका अध्यक्ष अनुप जंगमले बताए ।

उक्त भर्चुअल प्रेस कन्फ्रेन्समार्फत श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना दिएका थिए ।

संस्थाले रोजगारी सृजना तथा प्रवद्र्धन दक्षता अभिवृद्धि, व्यवसाय वृद्धि, गिग इकोनमी र सेयर्ड इकोनमी तथा सञ्जालमार्फत नयाँ अवसर खोज्ने उद्देश्य लिएको बताएको छ ।

यससँगै कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई रोलिङ नेक्ससले नयाँ अवसर र सम्भावनाको खोजी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको कम्पनीकी निर्देशक निसा केसीले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित