१ कार्तिक २०८३, शनिबार

कोभिड–१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा दुई जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २६ भदौ । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ का २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ का २२ वर्षीय निरज लम्साल छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध झुट्टा अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।