१ कार्तिक २०८३, शनिबार

गाउँपालिका अध्यक्षलाई ‘बोका अध्यक्ष’ भनेपछि युट्यूवर सोनिका रोकायाले हालिन मुद्दा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै चर्चित युट्यूवर सोनिका रोकायाले प्रहरीकोमा उजुरी दिएकी छिन् ।

गाउँपालिका अध्यक्ष रोकायालाई ‘बोका अध्यक्ष’ को उपमा दिँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने दीपेन्द्र सिंहविरुद्ध उनले मुद्दा दायर गरेकी हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष रोकायामाथि नेकपाका समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र स्टाटस लेखेको उजुरीमा उल्लेख छ ।

सिंहले अध्यक्ष रोकायामाथि कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘योजनाको लालज देखाएर गरिब जनताका छोरारोछीलाई बोका चामल हाल्न पठाएर पार्टी प्रवेश गराउने । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क ब रोकाया (कोका अध्यक्ष) ।’

आरोपी सिंहले लेखेको स्टाटस र अध्यक्ष रोकाया

साथै सिंहले भ्रष्टाचार गरेर छोरीको नाममा ४ करोड रुपैयाँको घर नामसारी गरिदिएको आरोप लगाएको पनि उजुरीमा उल्लेख गरिएको छ । ‘जनताको मतबाट निर्वाचित भएको मान्छेले काम गर्ने क्रममा हुने कमीकमजोरी हुन्छन्’, बर्ककी छोरी सोनिकाले भनिन्, ‘जनस्तरबाट स्वस्थ गालीगलोज, आलोचना र सुझाव आउनु स्वभाविक हो, तर अभद्र र अपशब्दहरुको प्रयोग गरी सामाजिक सञ्जालमा जथाभावी लेख्नु कुनै पनि नैतिकता र कानूनबाट उसलाई क्षम दिइनु हुँदैन ।’

विभिन्न आरोप लगाउँदै कपोलकल्पित कुरा गरेकाले आफूलाई काम गर्ने वातावरणमा खलल पुगेको गाउँपालिका अध्यक्ष बर्क रोकायाको भनाइ छ । विभिन्न समयमा विभिन्न आरोप लगाउँदै अश्लिल र अराजक भित्र्याउने गरेका आरोप सिंहलाई लगाइएको छ ।

उजुरी परेसँगै सिंह फरार रहेको पनि सोनिकाले बताएकी छिन् । आफ्नो बुबा समेत रहेका अध्यक्ष बर्कबहादुर रोकायामाथि लगाइएको सबै आरोपहरु झुटो भएको दाबी गर्दै छोरी सोनिकाले भनेकी छिन्, ‘पछिल्लो समय गाउँमा नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दीपेन्द्रले व्यक्तिगत रुपमा बुबाको छवि धुमिल पार्नका लागि गैरजिम्मेवार खालका कुराहरु लेखेका हुन् ।’