
काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १६ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एशिया प्रशान्त क्षेत्रीय महिला संयोजक अमृता थापा (कञ्चन), पूर्वसल्लाहकार डम्बर घले तथा यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त भएको उक्त परिमाणको मास्क बिहीबार मुख्यमन्त्री गुरुङलाई हस्तान्तरण गरिएको हो ।















प्रतिक्रिया