१ कार्तिक २०८३, शनिबार

कोरोना विशेष अस्पताल बुटवलमा एक संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले बताएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।