
काठमाडौं, २६ भदौ । शुक्रबार प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाको भनाइ छ ।
हाल न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ । आउँदो तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले बताएको छ ।
यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ । राति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बागलुङ, पर्वत, म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिरोको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।















प्रतिक्रिया