१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । शुक्रबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।