
काठमाडौं, २६ भदौ । नेपालले १० वर्षमा ४० लाख रोजगारी सृजना गरेको छ ।
विश्व बैंकले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २००८ देखि २०१८ सम्ममा सो संख्यामा रोजगारी सृजना गरेको हो । ‘नेपाल जव डाइग्नोस्टिक’ नाम दिइएको विश्व बैंकको सो रिपोर्ट अनुसार ४० लाख थप रोजगारी सृजना भए पनि केवल ज्यालादारीमा मात्रै सिमित भएको र कामदारहरुको क्षमताको सदुपयोग हुन सकेको छैन ।
सो अवधिमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको रिपोर्टको ठहर छ । संरचनात्मक परिवर्तनले नै श्रमशक्तिलाई राम्रो अवसर सृजना गरेको विश्व बैंकको भनाइ छ ।
श्रम शक्ति सर्वेक्षण र अन्य नेपालका आर्थिक सर्वेक्षणहरूका अनुसार नेपालको श्रम बजारको प्रतिफल विस्तारित भएको छ । विभिन्न कठिनाइका बाबजुद रोजगारीका क्षेत्रमा राम्रो प्रगति भएको रिपोर्टमा उल्लेख छ ।















प्रतिक्रिया