धनगढी, २६ भदौ । कैलाली जिल्लामा एक जना थुनुवाले हिरासतभित्रै आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकले आत्महत्या गरेका हुन् । उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
बिक भदौ २२ गते चोरीको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर– १ बाट पक्राउ परेका थिए ।
बिकले शौचालयमा आत्महत्या गरेका हुन । प्रहरी नायव उपरीक्षक विष्टले घटनासम्बन्धी अनुसन्धान भइरहेको बताएका छन् ।











प्रतिक्रिया