भरतपुर, २६ भदौ । चितवनमा अविरल वर्षासगैँ खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिकाकाे वडा नं. ६ चारकिलो डाडा नजिकै शुक्रबार बिहान ८ बजे पहिरो खसेका कारण मुग्लिन-नारायणगढ सडक दुइतर्फि अवरुद्ध भएको हो ।
पहिरो हटाएर अवरुद्ध सडक सुचारु गराउने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले जानकारी दिए ।
प्रहरीका अनुसार पहिरो हटाइ राजमार्ग सुचारु गराउन करीब २ घण्टा जति लाग्नेछ ।











प्रतिक्रिया