बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ट्रिनबागो नाइट राइडर्सले जित्याे सीपीएल क्रिकेटको उपाधि

दैनिक नेपाल २०७७ भदौ २६ गते ७:४१

नयाँदिल्ली, २६ भदाै । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।

बिहीबार राति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि जितेको हो ।

ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो ।

लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित