१ कार्तिक २०८३, शनिबार

बिहीबार १ हजार २४६ जना कोरोना संक्रमित थपिए

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४६ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेशनल अपडेटमार्फत दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । भेन्टिलेटरमा २१ जना र आईसीयूमा १५९ जना छन् ।

यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।