१ कार्तिक २०८३, शनिबार

१४ वर्षीया किशोरीमाथि तीन जना किशोरले गरे बलात्कार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सुर्खेत, २५ भदौ । १५ र १७ वर्षका तीन जना किशोरले १४ वर्षीया एक किशोरीलाई सामुहिक बलात्कार गरेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा ती तीनै जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–४ का १७ वर्षीय १ जना र १५ वर्षीय २ जना किशोर रहेको प्रहरीले बताएको छ । उनीहरु तीनै जनालाई बुधबार राति पक्राउ गरिएको हो ।

पञ्चपुरी नगरपालिका–९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई उनीहरुले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी हुनासाथ बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।