
काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले अब पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने भएका छन् ।
भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमा उक्त प्रस्ताव पेश हुन लागेको बताइएको छ । कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नदिने निर्णय गर्न लागेको हो ।
उक्त प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको भए पनि बैठक बस्नुअघि नै सार्वजनिक भएको छ ।
बैठकमा लगिन लागेको प्रस्ताव पहिल्यै बाहिरिएपछि प्रस्तावकै विषयमा सामाजिक सञ्जालमा आलोचना शुरु भइसकेको छ ।















प्रतिक्रिया