१ कार्तिक २०८३, शनिबार

दुई जना महिलालाई बलात्कार गरेको आरोपमा बामदेव पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ भदौ । दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका–७ शान्तिनगरका ३७ वर्षीय बामदेव सुवेदीलाई पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीको आधारमा सुवेदीलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । घरमा एक्लै रहेको बेला सुवेदीले करणी गर्ने गरेको महिलाले प्रहरीसमक्ष बताएकी छन् ।