१ कार्तिक २०८३, शनिबार

चिनियाँ र भारतीय सैनिकबीच लद्दाखमा झडप (भिडियो सहित)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । भारत र चीनबीच अहिले विवादीमा रहेको सीमाक्षेत्र लद्दाखमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो सार्वजनिक भएको छ ।

दुई देशबीचका सैनिकबीच भएको झडपको दृश्य अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेका छन् भने उनीहरुले हतियारको प्रयोग गरेका छैनन् र संयमता अपनाइरहेका छन् ।

गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तीमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन ।

चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक सञ्जालमा देखिएको थियो । भाइरत भिडियो वास्तविक भएको चिनियाँ पक्षले दाबी गर्दै आएको छ ।

हेर्नुहोस् भिडियो–