२ कार्तिक २०८३, सोमबार

मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ भदाै । साबिक उपविजेता डानिल मेडभेडेभ युएस ओपन टेनिसको पुरुष एकल तर्फ सेमिफाइनलमा पुगेका छन्।

तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले अर्का रुसी खेलाडी एन्ड्री रुब्लेभलाई सोझो सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।

मेडभेडेभले रुब्लेभलाई ७–६ (८–६), ६–३ र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन्। उनले फाइनल प्रवेशका लागि दोस्रो बरियताका डोमिनिक थिएम वा एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्ने छन् ।

गएको वर्षको युएस ओपन फाइनलमा मेडभेडेभ राफायल नाडालसँग पराजित भएका थिए । यो वर्षको प्रतिस्पर्धामा २४ वर्षका मेडभेडेभले अहिलेसम्म एक सेट पनि हारेका छैनन् ।