
काठमाडौं, २५ भदौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले वृद्धि भइ ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै नेपाली बजारमा चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भइ बिहीबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया