१ कार्तिक २०८३, शनिबार

जितिया पर्व घरमै बसेर मनाउन प्रधानमन्त्रीद्वारा आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको जितिया पर्व घरभित्रै बसेर मनाउन आह्वान गरेका छन् ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण घरबाहिर निस्किने अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गरी परिवारका सदस्यहरु मात्रै बसेर पर्व मनाउन आग्रह गरेका हुन् ।

जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले हरेकले आ–आफ्नो पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको बताएका हुन् । उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान गर्दै जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने समेत सन्देशमा उल्लेख गरेका छन् ।

जितिया पर्व विशेष गरी पूर्वी तराईवासी र थारु महिलाले मनाउने गर्दछन् । ‘आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज जितिया पर्वको मुख्य दिन हो ।