पर्वत, २५ भदाै । पर्वत जिल्लामा एक जना प्रहरी जवानमा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ ।
काठमाडाैंबाट सरुवा भएर आएका २८ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी सरुवा भएर आएपछि पीसीआर परीक्षणका लागि क्वारेन्टिनमा रहेका थिए ।
कोरोना पुष्टि भएका प्रहरी जवानलाई पर्वतको आइशोलेशन अस्पतालमा राखेर उपचार थालिएको सिसीएमसी पर्वतका प्रवक्ता प्रवीण भण्डारीले जानकारी दिए ।
पर्वतमा याेसँगै कोरोना संक्रमण हुनेको संख्या १ सय १० पुगेको छ । १ सय ३ जना उपचारपछि निको भएर फर्किसकेका छन् । अहिले ७ जनाको आइसाेलेसनमा छन् ।











प्रतिक्रिया