६ मंसिर २०८३, आइतबार

मान्छे बेच्ने कार्यमा संलग्न अभियुक्तहरू पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर उपमहानगरपालिका-७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ बस्ने २२ वर्षीया कमला लामा रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले २ जना व्यक्तिलाई २०७६ श्रावणमा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पुर्‍याई ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।