१ कार्तिक २०८३, शनिबार

लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ भदौ । लायन्स क्लब अफ काठमाडौं सुप्रण तथा बन्सीघाट टोल सुधार समितिको संयुक्त आयोजनामा सोमवार त्रिपुरेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान, महादान पुण्यदान, आफू बचौं अरुलाई पनि बचाऔं’ भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब अफ तोकेश्वर परिवारको पनि सशक्त आवद्धता रह्यो ।

देशभर रगत अभावको विद्यमान अवस्थालाई दृष्टिगत गरी आयोजना गरिएको कार्यक्रमबाट ३५ पिन्ट ब्लड संकलन भएको आयोजक समेत रहेको लायन्स क्लब अफ काठमाडौं सुप्रणकी प्रेसिडेन्ट निर्मला महर्जन (निकी) ले जानकारी दिइन् ।

रक्तदान कार्यक्रम बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, वडाध्यक्ष हिरालाल तण्दुकार, वडासदस्य आशा श्रेष्ठ, सरोज कुमार मुलामी र डाइनामिक लायन्सका अग्रजहरू तथा जोन चेयर पर्सन लगायतको उल्लेख्य उपस्थिति थियो ।

– देवकी न्यौपानेबाट