१ कार्तिक २०८३, शनिबार

पर्यटनमन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २३ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको विदाई भेटका अवसरमा राजदूतले नेपालको बसाइ अत्यन्त सुखद र स्मरणीय भएको, यो कार्यकालभित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसबाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

कोभिड–१९ ले सृजना गरेको विकराल समस्याकाबीच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्किएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् । उनले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा हवाई सम्झौत्ता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे । अष्ट्रेलियामा नेपालको पर्यटन प्रबद्र्धनमा राजदूतको सहयोगको अपेक्षा राखेको मन्त्री भट्टराईले बताए ।

राजदूत वडले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग बिदाई भेट गरेका हुन् ।