
काठमाडौं, २३ भदौ । मुक्तिनाथ विकास बैंकले आफ् भिसा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंका विभिन्न स्वास्थ्य संस्थाहरुमा विशेष छूट उपलब्ध गराउने भएको छ ।
उक्त सेवाका लागि बैंकले बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटस्थित भिजनकन्सर्न, अनामनगरस्थित डाक्टर अन कल, लाजिम्पाटस्थित सुरिया हेल्थ केयर र कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटोरीसँग सम्झौता गरेको छ ।
सो सम्झौताका आधारमा बैंकका ग्राहकलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छूटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, लाजिम्पाट, चावहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले बताएको छ ।
त्यसैगरी, काठमाडौंको अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिँदा २० प्रतिशतसम्मको छूट पाउने व्यवस्था गरिएको छ । सेवाअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवा जस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग केयर, औषधि डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बताइएको छ ।
त्यसैगरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ केयरमा पनि विभिन्न डाइग्नोष्टिसम्बन्धी सेवामा १० प्रतिशत छूट र अहिले विषम परिस्थितिलाई लक्षित गरी पीसीआर परीक्षणमा ४०० को विशेष छूट उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी, कमलपोखरीमा रहेको सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटोरीमा पनि पीसीआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छूटको व्यवस्था गरिएको छ ।















प्रतिक्रिया