१ कार्तिक २०८३, शनिबार

नक्कली प्रेस कार्ड बनाउनेहरु पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा घरबाहिर निस्कनका लागि नक्कली प्रेस कार्ड बनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बागबजारस्थित लक्ष्मण न्यौपानेले सञ्चालन गरेको कालिका प्रिन्टर्स प्रालिबाट प्रहरीले प्रिन्टर्सका सचालन न्यौपानेसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुले नक्कली प्रेस कार्ड, अस्पतालको नक्कली परिचयपत्रहरु बनाएर ५०० रुपैयाँमा विक्री वितरण गर्दै आएको विशेष सूचनाका आधारमा प्रहरीले कार्यस्थलमै छापा मारेर उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासीको बर्दघाट नगरपालिका–१३ का लक्ष्मण न्यौपोन, बर्दियाको राजापुर नगरपालिका–१० का श्रीराम खड्का, नवलपरासी सुस्तापूर्वको कावासोती नगरपालिका–८ का रमेशकुमार रेग्मी र स्यांजाको जगत्रदेवी गाउँपालिका–९ का राजेन्द्र राजभण्डारी छन् ।

उनीहरुको साथबाट विभिन्न मिडियाहरुको नामको प्रेस आईडी कार्ड १० थान, विभिन्न असपतालको नक्कली परिचयपत्र १५ थान, विभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र थान ३ थान, अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र ३ थान बरामद गरिएको प्रहरीले बताएो छ ।

यस्तै कालो रङको कटर मेशिन १ थान, क्यानोन कम्पनीको स्क्यानर थान १ थान, डेल कम्पनीको डेस्कटप कम्प्युटर र मनिटर १/१ थान, डेबुक र लेमिनेशन मेशिन १ थान बरामद गरिएको प्रहरीको भनाइ छ ।