
नेपालगञ्ज, २३ भदौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको मंगलबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।
मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ ।
मृतक पुरुष दुर्घटनाका घाइत समेत हुन् । घाइते उनलाई उपचारका लागि अस्पताल लगिएकामा कोरोना समेत पुष्टि भएको थियो ।















प्रतिक्रिया