१ कार्तिक २०८३, शनिबार

बुढानिलकण्ठमा निर्माणाधीन घर कुरुवा मृत अवस्थामा भेटिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २३ भदौ । काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन घर कुर्न बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

बुढानिलकण्ठ नगरपालिका–३ नयाँचोकस्थित आङरिता शेर्पाको निर्माणाधीन घर कुरेर बस्दै आएका भोजपुरका ४५ वर्षीय सूर्यबहादुर घले सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी निर्माणाधीन घरको कम्पाउण्डमा बनाइएको छाप्रोमा बस्दै आएका थिए । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।