१ कार्तिक २०८३, शनिबार

बीपी कोइरालाको जन्मजयन्तीमा रक्तदान कार्यक्रम गरिने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेस (बीपी) ले पार्टीका संस्थापक नेता बीपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण देशभर रगत अभावको भएको अवस्थालाई दृष्टिगत गर्दै बुधबार सो कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस बीपीले बताएको छ ।

जनस्वास्थको मापदण्ड पूरा गरी सुरक्षित उपायहरु अवलम्बन गरी कार्यक्रम आयोजना गरिने बताइएको छ ।

कार्यक्रम बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीयय कार्यालय गोंगबु आवासीय क्षेत्रमा हुने बताइएको छ ।