१ कार्तिक २०८३, शनिबार

भक्तपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । भक्तपुरबाट लागूऔषध बोकेको ट्रकसहित दुई नजालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्ति, लागूऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण भने खुलाइएको छैन ।

बरामद सामग्री र पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।