२ कार्तिक २०८३, सोमबार

भारतीय सैनिकले वार्निङ फायर गरेकाे चीनकाे आरोप

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २३ भदाै । सीमामा खटिएका आफ्ना सैनिकहरूतर्फ लक्षित गर्दै भारतीय सैनिकले वार्निङ फायर गरेकाे चीनले आरोप लगाएको छ ।

वास्तविक नियन्त्रणा रेखा (एलएसी) मा तैनाथ भारतीय सैनिकले एकपटक फेरि सोमबार गैरकानूनी तरिकाले वास्तविक सीमा रेखालाई पार गर्दै चिनियाँ सीमामा तैनाथ सैनिकमाथि वार्निङ फायर खोलेको आरोप चीनले लगाएको हो ।

चीनका अनुसार यसबारे चिनियाँ सेनाले कुराकानी गर्न चाहेको छ । भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाई उल्लेख गर्दै लेखेको छ ‘अवस्थालाई काबुमा लिन चिनियाँ सैनिकले जवाफी कारबाही गर्नुपरेको थियो ।’