भरतपु, २३ भदाै । जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी खेलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सीपीएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका- २ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् । भरतपुर महानगरपालिका- ७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् ।
उनीहरूलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइल बरामद गरिएको थापाले जानकारी दिए ।











प्रतिक्रिया